नियम १५
योजनाको अनुगमन तथा मूल्याङ्कन
  (१) कोषले नियमित रुपमा योजना कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्नेछ ।
(२) समितिले सदस्य, सदस्य–सचिव, नेपाल सरकार वा कोषको कुनै कर्मचारी मार्फत् योजना कार्यान्वयनको सम्बन्धमा योजना स्थलको अवलोकन भ्रमण गर्ने, आवश्यक विवरण सङ्कलन गर्ने, सार्वजनिक सुनुवाई गर्ने वा समितिले उपयुक्त ठानेको अन्य कुनै प्रक्रिया अपनाई वा परामर्शदाता नियुक्त गरी योजना कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्न वा गराउन सक्नेछ ।
(३) समितिले योजना कार्यान्वयनको सम्बन्धमा प्रत्येक चौमासिकमा समीक्षा गरी सम्बन्धित योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई उपयुक्त निर्देशन दिनेछ ।